मन्त्रिपरिषद् पुनर्गठन गर्ने ओलीको प्रस्तावले देउवा संकटमा

काठमाडौँ — गठबन्धन सरकार गठन भएको एक वर्ष बित्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको र मन्त्रीहरू एकपछि अर्को विवादमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा छन्। तर, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको अडानले पुनर्गठन प्रक्रिया अड्किएको छ। मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएको र घूस प्रकरणले सरकार बदनाम बनेको भन्दै ओलीले विवादित मन्त्री हटाएर नयाँ…