काठमाडौँ - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले चुनावी गठबन्धनअनुसार सत्तासमीकरण नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन्। आज सोमबारदेखि पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले चुनावी गठबन्धन माओवादीसँग गरेर एमालेसँग सरकारमा सामेल हुनुलाई दुर्भाग्य भनेका हुन्। 'गत निर्वाचनमा माओवादीसँग मिलेर गइयो। दुर्गभाग्य माओवादीसँग सरकार बनाइरहन सकिएन। अहिले एमालेसँग…