निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेले जनायो आपत्ति

काठमाडौँ । निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ मा सत्तारूढ नेकपा (एमाले) ले पनि आपत्ति जनाएको छ। स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाइ छ। आयोगले राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो। ‘स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक…