काठमाडौं - सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेतको पद निलम्बन गरिएको सूचना संसद्लाई जानकारी गराएका छन् । बस्नेतविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा बस्नेतसहित १६ जना र २ संस्थाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त सूचना संसद् सचिवालयमा पुगेसँगै सभामुख घिमिरेले…