काठमाडौं– एमालेबाहेकका कम्युनिस्ट पार्टीबीच एकता वा मोर्चा कसेर अगाडि बढ्ने छलफल पेरिस डाँडामा शनिबार भएको छ। माओवादीको मुख्यालयमा भएको छलफलमा ५ वटा कम्युनिस्ट पार्टीका नेताको सहभागीता रहेको थियो। यी सबै पार्टी इजरायलले इरानमा गरेको हमलाका बिरोधी थिए। उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का…