विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल, प्रधानमन्त्रीद्वारा टर्कीका राष्ट्रपतिलाई टेलिफोन

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन्।प्रधानमन्त्रीनिवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले आज बिहीबार संवाद गरी सो आग्रह गरेका हुन्। जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने बताए। प्रधानमन्त्री ओलीले…