काठमाडौं– नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी र अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ । बैठक संसदमा खेल्नुपर्ने…