मैले कार्यकर्ता भेट्न एमालेको अनुमति चाहिन्न :पूर्वराष्ट्रपति भण्डारी

विराटनग — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का कार्यकर्ताहरूसँग भेटघाट गर्न पार्टीको अनुमति लिनुपर्ने आवश्यकता नरहेको स्पष्ट पारेकी छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो राजनीतिक सक्रियता र कार्यकर्तासँगको सम्बन्ध स्वाभाविक भएको बताइन्। “मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र? मैले संगठित सदस्यता नलिएको बेलादेखि नै पार्टीमा काम गर्दै आएको हुँ। चिनजान पनि…