काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख तथा मुख्य सचेतकहरूसँग छलफलमा जुटेका छन् । संघीय संसदको हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान भएपछि सभामुख घिमिरेले अधिवेशनको तयारी सन्दर्भमा दलका सचेतकहरूसँग छलफल थालेका हुन् । अहिले सिंहदरबारमा सत्तापक्षका प्रमुख तथा मुख्य सचेतकसँग सभामुख घिमिरेले छलफल गरिरहेका छन् । यस्तै, आजै दिउँसो २ बजे…