काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सोमवार राति बालुवाटारमा भएको विपक्षी दलका नेताहरूसँगको सवाल जवाफलाई जस्ताको त्यस्तै सार्वजनिक गरेका छन् । ज्ञापनपत्र बुझाउन गएका नेताहरूबाट विभिन्न भनाइ आएपछि प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले चार बुँदे सवाल जवाफ सार्वजनिक गरेका हुन् । रिमालका अनुसार प्रधानमन्त्री र विपक्षी दलहरुबीच यस्तो कुराकानी भएको थियो ।…