परराष्ट्रमन्त्री डा.राणा भारत प्रस्थान

काठमाडौँ - परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् । मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका लागि उनी केहीबेर अघि त्यसतर्फ प्रस्थान गरेकी हुन्। उनका भारतीय समकक्षी डा.एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक…