कलैया । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या घटनामा बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वर मण्डलकी अन्दाजी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ भईरहेको बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो। एसपी कुँवरका अनुसार आज बिहान करिब ३…