काठमाडौँ । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा अब हिउँचितुवा पनि अवलोकन गर्न पाइने भएको छ । झण्डै एक वर्ष अघि मोरङको उर्लाबारी नगरपालिकामा फेला परेको हिउँ चितुवालाई आजदेखि चिडियाखानामा अवलोकनका लागि राखिएको हो । वन मन्त्री ऐनबहादुर शाहीले शुक्रबार अपराह्न हिउँ चितुवा अवलोकनको शुभारम्भ गरेका छन् । कञ्चनजंघा संरक्षण क्षेत्रमा विचरण गर्ने क्रममा उर्लाबारी पुगेको अनुमान गरिएको…