नेपालले बंगलादेशलाई बेच्न थाल्यो बिजुली, दुई आयोजनाको ४० मेगावाट निर्यात

काठमाडौं- नेपालले बंगलादेशमा विद्युत् निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै शुक्रबारदेखि भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो । विद्युत् निर्यातको उद्घाटन भर्चुअल रुपमा तीन देशका ऊर्जामन्त्रीले गरेका छन् । योसँगै आज राति १२ बजेसम्म नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ ।