काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय भएको बताएका छन् । शुक्रबार रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेमाथि अन्याय भएकोले त्यसविरुद्ध लड्ने बताए । उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न…