प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले समुदायबीच वैमनस्यता बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न अपिल गरेका छन्। आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका हुन्। ‘यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न/नगराउन…