काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन भएको उनको कम्पनी एलिट एक्सपेडले औपचारिक रूपमा पुष्टि गरेको छ। शनिबार कम्पनीले जारी गरेको वक्तव्यमा ब्रोड पिकमा आएको हिमपहिरोका कारण निम्सदाइको दुःखद निधन भएको पुष्टि गर्दै उक्त दुर्घटनामा सहभागी अन्य केही सदस्यहरू पनि जीवित नरहेको…