काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुसन्धान जारी रहेका बेला प्रदर्शन गरेर विधिको शासन अबमूल्यन गरेको नेपाली कांग्रेसले ठहर गरेको छ। बुधबार प्रचार विभाग प्रमुख मिन विश्वकर्माले विज्ञप्ति जारी गर्दै आफ्ना सभापतिमाथि सहकारी ठगीका सन्दर्भमा भएको अनुसन्धान प्रभावित बनाउनका लागि पोखरामा हुलहुज्जत गरिरहेको कांग्रेसको ठहर रहेको जनाएका छन्। रास्वपाको विरोध प्रदर्शनले राज्यका तटस्थ निकायलाई आतङ्कित र…