भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा नेपाली टोलीले थुप्रै अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेन । नेपालले दोस्रो खेलमा सोमबार मालदिभ्ससँग खेल्नेछ ।