भरतपुर (चितवन) – १३औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ। आज चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने परिकार उखु, सख्खर, चना, फर्सी, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार बनाइएको थियो। युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाले बाघमारा मध्यवर्ती…