कालिकोट । कालिकोट जिल्लाका सबै स्थानीय तह निमित्तकै भरमा सञ्चालन भइरहेका छन् । स्थानीय तह सञ्चालन भएदेखि तिलागुफा नगरपालिकाले एक पटक प्रमुख प्रशासकीय अधिकृत पाएको थियो भने अहिलेसम्म अरू स्थानीय तहमा निमित्तले सञ्चालन गर्दै आएका छन् । तिलागुफा नगरपालिकामा दरबन्दी अनुसार उपसचिव उद्धव रिजाल आए पनि जनप्रतिनिधिकै दबाबले छोटो समयपछि सरुवा भए । रास्कोट नगरपालिका…