वायुसेवा निगमका अध्यक्षको बर्खास्तीको माग राख्दै कर्मचारीले सुरु गरे आन्दोलन

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले गेटमै धर्ना दिएर अधिकारीलाई रोकेका छन् । निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी…