काठमाडौँ । दसैँका लागि यस वर्ष असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैँका लागि सार्वजनिक सवारीसाधनमा अग्रिम बुकिङ २२ असोजबाट खोल्ने जनाएको हो । शुक्रबार मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको…