ललितपुरका नापी सर्वेक्षक र लेखापढी व्यवसायी अढाई लाख घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी साढे २ लाख घुससहित पक्राउ परेका छन्। मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनालाई घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। पक्राउ पर्नेमा नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी छन्। उनीहरूले जग्गा कित्ताकाट गरी जग्गा…