सेनाको नि:शुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा चार सय ४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरमा नयाँ श्रीनाथ गणले शनिबार एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई…