वीर अस्पतालमा गरियो ‘एनोरिज्य’को जटिल शल्यक्रिया

काठमाडौँ । वीर अस्पतालमा ‘एनोरिज्म’ (नसा फुलेर फुट्ने रोगको) जटिल शल्यक्रिया गरिएको छ । अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा छ वटा एनोरिज्म एकैपटक नौ घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरिएको हो । उनले बिरामीको मस्तिष्कमा रहेका छवटा ‘एनोरिज्म’को एक पटकमा पहिलो शल्यक्रिया गरेर सफल उपचार गरेको बताए । यस्तो शल्यक्रिया अत्यन्त जटिल…