काठमाडौँ १८ मा ‘सिप मेला’ सुरु

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१८ ले बुधबारदेखि भुरुङखेलमा ‘सिप मेला’ सुरु गरेको छ । ४ दिन चल्ने सिप मेलामा उद्यमशील विकास, रोजगारमूलक, स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित प्रशिक्षण हुनेछ । वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार सिप मेलामा परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद् व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउने सहित क्षेत्र…