भिजिट भिसा प्रकरणमा लिखित प्रतिबद्धताका लागि काँग्रेस-एमाले तयार

काठमाडौँ- भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेस तयार भएका छन् । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद् खोल्न तयार रहेको बताएका थिए । सोही अनुसार नेकपा एमाले र काँग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका हुन् ।…