बौद्धमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, फरार चालक काभ्रेबाट समातिए

काठमाडौं - काठमाडौँको बौद्धमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित रामहिटीमा गए राति साढे ११ बजेतिर टिपरले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक गिरीका अनुसार बागमती प्रदेश–०१–००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट ज्यान गुमाउने करिब ६५ वर्षीय पुरुषको सनाखत हुन…