काठमाडौं। गत २३ भदौमा जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमा थिइन्। माइतीघरबाट सुरु भएको प्रदर्शन कोटेश्वरसम्म आउला, प्रदर्शन भड्किएला र त्यसको घानमा आफू परिएला भन्ने उनको मनमा थोरै पनि आशंका थिएन। तर, भइदियो त्यस्तै। सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ। एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उनी हेर्न बाहिर निस्किइन्।…