काठमाडौं– सर्वसम्मतले पािरत भएको निजामति कर्मचारीसम्बन्धी विधेयकको छलछाम राष्ट्रिय सभामा सच्चिने घोषणा भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कक्षमा संसदीय मामिला पत्रकारसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्। समितिबाट आएको प्रस्ताव जस्ताको तस्तै पारित भएको र प्रतिनिधि सभामा थपघट नभएको बताएका उनले भने,‘यो गल्ती राष्ट्रिय सभामा सच्चिनेछ।’ समितिमा भएको छलफलको नियत एउटा भए पनि परिणाम…