सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिङटार सडक खण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कोशी राजमार्गअन्तर्गत खाँदबारी-तुम्लिङटार सडकमा आज साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा खाँदबारी नगरपालिका-९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। खाँदबारी–तुम्लिङटार सडकमा…