काठमाडौं । प्रधानसेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । मित्रराष्ट्र चीनको निमन्त्रणामा प्रधानसेनापति सिग्देल भदौ २८ देखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ । भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसाङ फोरममा सहभागिता जनाउनेछन् । चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई जंगीअड्डामा नेपाली…