काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई मध्यराति पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाइएको आरोपबारे सरकारसँग जवाफ माग गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले उक्त विषय गम्भीर रहेको भन्दै सरकारको स्पष्ट धारणा माग गरेका हुन्। यसअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पनि सरकारले…