काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा हास्य कलाकार नारदप्रसाद खतिवडासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार कालिकास्थानस्थित अध्यागमन विभागको हिरासतमा रहेका ९ जना चिनियाँ नागरिकलाई रिहा गराइदिने तथा विभागको नियन्त्रणमा रहेका १५…