विचौलिया रोक्न गृह मन्त्रालयको पाँचबुँदे निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई पाँचबुँदे परिपत्र जारी गरेको छ।    गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने व्यक्तिमाथि निगरानी गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइएको छ। त्यस्तै अपाङ्गता भएका तथा अशक्त…