कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी विदेशबाट फर्केर व्यावसायिक तरकारी खेतीमा लागेका छन्। छ वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले चार वर्ष मलेसियामा काम गरेर फर्केपछि वार्षिक सात लाखभन्दा बढी आम्दानी गरिरहेका छन्। वैदेशिक रोजगारीको कमाइबाट चार कठ्ठा जग्गा किनेका उनले त्यसमा बाह्रै महिना तरकारी खेती गर्छन्। ‘थोरै जग्गा थियो,’ उनले भने, ‘सात जनाको…