काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार आयोगले विज्ञप्ति सार्वजनिक गर्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको र मन्त्री बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । आयोगको विज्ञप्तिमा लेखिएको छ,‘काठमाडौँका मेयर बालेन्द्र…