काठमाडौँ- कर्मचारीलाई हातपात गर्ने पोखरा महानगरपालिकाका वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीका आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको हो । वडाध्यक्ष पराजुलीले मंगलबार महानगरको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रशासन शाखा प्रमुख ईश्वरीप्रसाद पोख्रेललाई हातपात गरेका थिए । कर्मचारी हातपातको विरोधमा आज महानरमा कामकाज ठप्प पारिएको थियो ।