काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोग अध्यक्षमा रोशन कार्की नियुक्त भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले उनलाई आज आयोग अध्यक्षमा मनोनयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि अनुशासन आयोग अध्यक्ष नवराज सुबेदी थिए । उनी राप्रपा परित्याग गर्दै राजसंस्था पुनस्र्थापनका लागि संयुक्त जनआन्दोलनको नेतृत्व गर्न गएपश्चात् यो पद खाली…