ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुंगुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट रु. छ अर्ब बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका-३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो…