चीनले नेपाललाई हिमताल र मौसमसम्बन्धी आपत्‌कालीन सूचना निरन्तर दिने

काठमाडौं । चीनले नेपाललाई हिमताल तथा नदीमा बन्ने अवरोधको जोखिमसँगै आपत्‌कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चीनको जलस्रोत मन्त्रालयले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले अवरोध तथा हिमतालको जोखिमसम्बन्धी आपत्‌कालीन जलविज्ञान अनुगमनका सूचना उपलब्ध गराइरहनेछ। दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीमा भनिएको छ, ‘चीनले नेपाललाई उद्धार…