३५ नेपाली युवाको भारतबाट उद्धार, बन्धक बनाई शोषण

काठमाडौ  - आकर्षक रोजगारीको झुटो आश्वासनमा फसाइ भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूलाई सफल उद्धार गरिएको छ। नेपाली राजदूतावास, नयाँ दिल्लीका अनुसार पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्‍याई बन्धक बनाइएको अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो। परराष्ट्र मन्त्रालयको निर्देशनमा राजदूतावासले उत्तराखण्ड प्रहरी र स्थानीय सामाजिक संस्थाको सहयोगमा असार ५ गते…