दुर्गा प्रसाईंको भिडियो सन्देश : सुरक्षाकर्मीलाई पुगेको चोटमा क्षमा चाहन्छु, म भागेको छैन

काठमाडौं । प्रहरीले खोजिरहेका राजावादी प्रदर्शनका ‘जनकमाण्डर’ दुर्गा प्रसाईंले भिडियो सन्देश जारी गर्दै सुरक्षाकर्मीहरुसँग क्षमा मागेका छन् । प्रसाईले आफ्नो महाअभियान फेसबुकमार्फत आइतबार (चैत १७) भिडियो सन्देश जारी गर्दै आफू प्रहरीबाट टाढा नभएको बताएका छन् । गएको शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राज्यले आफूलाई मार्ने उद्देश्यले हिंसा भड्काएको र दमन गरेको उनले आरोप लगाएका छन्…