बुटवल । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका सदस्य पुजा महतो र कविता कुँवर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । महतो र कुवँरलाई एक्स्ट्राटेकले आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । महतो र एक्स्ट्राटेकका प्रबन्ध निर्देशक विनोद कुवँरले आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक कार्यक्रमकावीच सम्झौता गरे ।…