प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले आइतबार प्रारिम्भक सुनुवाइपछि यस्तो आदेश जारी गरेको हो। अधिवक्ता ओमप्रकाश अर्यालले माघ २९ गते प्रधानमन्त्री ओलीसमेतलाई विपक्षी बनाउँदै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। अर्यालले इजलासमा आफ्नो निवेदन संवैधानिक इजलासबाट जारी भएको परमादेश…