कुलमानबारे पुनर्विचार गर्न काँग्रेस सांसदको प्रस्ताव

काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेस सांसदले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सरकारले गरेको निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा काँग्रेसका सांसदले यस्तो प्रस्ताव राखेका हुन् । सार्वजनिक लेखा समितिका पूर्वसभापति समेत रहेका काँग्रेसका सांसद रामकृष्ण यादवले पुनर्विचार गर्न पत्र पठाउने प्रस्ताव राखेका हुन्…