काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को पाँचौं समीक्षा सम्पन्न गरेको छ। समीक्षासँगै आइएमएफले नेपाललाई इसिएफअन्तर्गतको करिब रू ५ अर्ब ८१ करोड (चार करोड १८ लाख अमेरिकी डलर बराबर) निकासा गर्ने भएको छ। आइएमएफ कार्यकारी बोर्ड बैठकपछि शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार नेपालले राजनीतिक अस्थिरता तथा गत असोज…