काठमाडौँ - निजी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीले नयाँ हेलिकप्टर ल्याएको छ । कम्पनीले ४५ करोड रुपैयाँ लगानीमा नयाँ हेलिकप्टर किनेको जनाएको छ । कम्पनीका अनुसार ‘एएस ३५० एच१२५’ सिरिजको हेलिकप्टर ल्याइएको हो । योसमेत एयर डाइनेस्टीसँग अब चार थान हेलिकप्टर भएको छ । आगामी सातादेख यो हेलिकप्टरलाई व्यावसायिक उडानमा लगाउने कम्पनीको योजना छ…