कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जना पक्राउ

बर्दिबास । सिन्धुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटले सञ्चालन गरेको एम्बुलेन्सबाट प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा।प्र ०१–००२ झ ६६९० नंको एम्वुलेन्सबाट १० ग्राम ब्राउन सुगर बरामद भएपछि चालकसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । बिपी राजमार्गबाट लागु औषध ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी बर्दिबासबाट खटी गएको…